एमालेका सांसदलाई पदबाट राजीनामा दिन डा. भट्टराईको चुनौती

एमालेका सांसदलाई पदबाट राजीनामा दिन डा. भट्टराईको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा डा. भट्टराईले संसदलाई २-२ पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने भएको बताउँदै पदबाट राजीनामा दिन चुनौती दिएका हुन् ।  

उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने बताए ।  डा. भट्टराईले भने, ‘सर्वोच्चको फैसला मान्दैनौँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’