प्रदेश २ लोसपा संसदीय दलको नेतामा सोनल निर्वाचित

प्रदेश २ लोसपा संसदीय दलको नेतामा सोनल निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रदेश–२ को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । प्रतिस्पर्धी उपेन्द्र महतोलाई हराउँदै सोनल दलको नेतामा निर्वाचित भएका हुन् ।

सोनल प्रदेश २ को संसदीय दलको नेतामा चयन भएको लोसपाका प्रवक्ता सन्तोष मेहताले जानकारी दिए । त्यसअघि उनीहरुबीच सर्वसम्मतिको प्रयास भएको थियो । तर सम्भव नभएपछि गरिएको निर्वाचनमा सोनल विजयी भएका हुन् ।

सोनलका प्रतिस्पर्धी महतोले ६ मत ल्याएका थिए भने सोनलले ९ मत प्राप्त गरेका थिए । प्रदेशसभामा लोसपाका १६ सांसद छन् । लोसपाले संसदीय दलको विधान समेत पारित गरेको छ ।