काठमाण्डु – नेकपा (माओवादी केन्द्र) को मंगलबार बाेलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बुधबार बिहान ११ बजे बस्ने गरि सारिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तता कारण आज बोलाइएको बैठक सारिएको उनले बताएका छन् । आजको बैठकमा सोमबारको बैठकमा पेश गरिएका तीनवटा प्रस्तावमाथि छलफल हुने बताइएको थियो ।
सोमबारको बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्ताव पेस भएको थियो ।




प्रतिक्रिया