सभामुखद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित

सभामुखद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले बजेटआश्रित दुई विधेयक प्रमाणित गरेका छन् ।

मंगलबार सभामुख सापकोटाले संघीय संसदबाट नेकपा एमालेको अवरोधकाबीच पारित भएका ‘आर्थिक  विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ प्रमाणित गरेका हुन् ।

सभामुख सचिवालयका अनुसार प्रमाणित भएका विधेयकहरू अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने छ । राष्ट्रपति  विद्यादेवी भण्डारीबाट प्रमाणित भएपछि ती दुई विधेयक कार्यान्वयनमा आउनेछन् ।