देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल

देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँडबारे छलफल भएको स्रोतले जानकारी दियो । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको भन्दै असन्तुष्टी जनाइरहेका छन् । गठबन्धनका दलहरुले मन्त्रीको नाम बुझाउन ढिलाई गरेको भन्दै देउवाले असन्तुष्टी जनाएका हुन् ।

यता गठबन्धनका अन्य दलहरुले भने कांग्रेसको किचलो नमिलेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको बताउँदै आएका छन् । जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तिहाक राईले कांग्रेसभित्रको विवाद मिलेपछि मात्रै गठबन्धनबाट मन्त्रीको नाम पठाउने बताए ।