मुख्यमन्त्री राउतले विश्वासको मत लिने, सरकार जोगाउन स्पष्ट बहुमत

मुख्यमन्त्री राउतले विश्वासको मत लिने, सरकार जोगाउन स्पष्ट बहुमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक बोलाइएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले असोज २० गते प्रदेशसभा बैठक आव्हानका लागि प्रदेख प्रमुखसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

प्रदेश २ मा जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्रको संयुक्त सरकार छ । एक मात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीको समर्थन पनि सरकारलाई छ ।

सरकारमा जाने तयारीमा रहेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि राउतलाई विश्वासको मत दिने तयारी गरिरहेको छ ।

१०४ सदस्यीय प्रदेशसभामा जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद रेहका छन् । मुख्यमन्त्री राउतलाई हाल ८० सांसदको समर्थन छ ।