जापानले नयाँ प्रधानमन्त्री पाउँदै, लिबरल डेमोक्रेटिकको नेतृत्वमा किशिदा विजयी

जापानले नयाँ प्रधानमन्त्री पाउँदै, लिबरल डेमोक्रेटिकको नेतृत्वमा किशिदा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – जापानले नयाँ प्रधानमन्त्री पाउने भएको छ । सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नेतृत्वमा फुमियो किशिदा विजयी भएपछि जापानले नयाँ प्रधानमन्त्री पाउने भएको हो ।

जापानका हालका प्रधानमन्त्री योशिहिदे सुगाले पुनः प्रधानमन्त्री नबन्ने घोषणा गरेपछि किशिदालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।

परराष्ट्रमन्त्रालयको जिम्मेवारी सम्हाली सकेका किशिदा आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने भएका हुन् । तर, त्यसका लागि आफ्नो पार्टीलाई विजयी गराउनुपर्ने चुनौती  उनीसामू छ । एलडीपीको संसदमा स्पष्ट बहुमत छ ।