प्रचण्डले देउवालाई बुझाए मन्त्रीको लिस्ट, तीन जना नयाँ अनुहार (सूचीसहित)

प्रचण्डले देउवालाई बुझाए मन्त्रीको लिस्ट, तीन जना नयाँ अनुहार (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा जाने बाँकी चार मन्त्रीहरुको सूची बुझाएको स्रोतले बतायो ।

प्रचण्डले माओवादीबाट स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल, देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम सिफारिस गरेका छन् । माओवादीबाट यसअघि पम्फा भुसाल ऊर्जा र जनार्दन शर्मा अर्थमन्त्री बनिसकेका छन् ।

गठबन्धनमा काँग्रेसले ७, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्री लिने सहमति भएको बुझिएको छ । सोहीअनुसार माओवादीले चार मन्त्रीको नाम टुङ्गो लगाएको हो । माओवादीको स्थायी कमिटी बैठकले यसअघि नै मन्त्रीको नाममा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

माओवादीमा केही नेताले पटक–पटक मन्त्री बन्ने अवसर पाउँदा अन्य नेतामाथि अन्याय भएको भन्दै नेतृत्वको आलोचना भइरहेका बेला यसपटक भने तीन जना नयाँ अनुहार मन्त्रिपरिषदमा देखिने भएका छन् । शर्मा, भुसाल र गजुरेल पटक–पटक मन्त्री बनिसकेका छन् भने पौडेल, विशंखे र गहतराज पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।