काठमाण्डु – नेकपा माओवादी केन्द्रको एकै व्यक्ति दुई वटा कमिटीमा बस्न नपाउने भएको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने निर्णय भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।
साथै पुसमा हुने राष्ट्रिय सम्मेलनमा १२ सय जना प्रतिनिधि सहभागी हुने भएका छन् । आजको बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरिएको उनले बताए । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म हुँदैछ ।




प्रतिक्रिया