संसदको गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

संसदको गतिरोध अन्त्यबारे छलफल गर्न प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदका दुबै सदनको गतिरोध अन्त्यबारे छलफल गर्न उनले बैठक बोलाएका हुन् । बैठक बिहीबार बिहान १० बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई बोलाइएको छ ।

पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाले मुख्य भूमिका खेलेको भन्दै एमालेले भदौ २३ गतेबाट सुरु भएको संसदको दुबै सदन अवरोध गर्दै आइरहेको छ । एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो ।

तर सभामुख सापकोटाले १४ सांसदलाई कारबाही गरेको सूचना नटाँसेपछि एमाले आक्रोशित बन्दै आइरहेको छ । एमालेले सभामुखले १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्न वा पदबाट राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ ।