माधव नेपाल अस्वस्थ, अस्पताल भर्ना

माधव नेपाल अस्वस्थ, अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना भएका छन् । तीन दिनदेखि अस्वस्थ रहेका नेता नेपाल बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

रुघाखोकी र ज्वारो आएर घरमै आराम गरिरहेका नेता नेपाललाई साँझ अस्पताल भर्ना गरिएको उनको नीजि सचिवालयले जनाएको छ ।

उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ ।