बिहीबारकाे माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

बिहीबारकाे माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव रहेकाले अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई एक,दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।

दिउँसाे देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।