राजकुमार लेखीले छोडे लोसपा, एमाले प्रवेश गर्ने तयारी

राजकुमार लेखीले छोडे लोसपा, एमाले प्रवेश गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेता राजकुमार लेखीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन् ।

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका नेता लेखीले लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट राजीनामा दिएका छन् । उनले नयाँ राजनीतिक यात्रा सुरु गर्ने भन्दै लोसपाको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनले राजीनामा पत्रमा लेखेका छन्, ‘म यस पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु।’

उनी नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । नेता लेखी जनता समाजवादी पार्टी (जसपा) बाट लोसपामा गएका थिए । महन्थ ठाकुरले जसपा फुटाएर नयाँ दल दर्ता गरेका थिए।