विष्णु पौडेलले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

विष्णु पौडेलले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।रूपन्देहीका एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक बस्नुअघि नै एमाले उपमहासचिव पौडेलले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटमा उनले बुटवलको ज्योतिनगरलगायत चुरे क्षेत्रको पहिरो नियन्त्रण र बुटवल बजारको संरक्षणका लागि विशेष कदम चाल्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

नेता पौडेलसँगै बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, एमाले बुटवलका अध्यक्ष बाबुराम पन्थी, पहिरो प्रभावित क्षेत्रका वडाअध्यक्षहरू बालुवाटार पुगेका थिए ।