काठमाण्डु – नेकपा एमालेले सभा सम्मेलनमा रोक लगाउने गरी काठमाण्डु प्रशासनले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको बताएको छ ।
एमाले स्थायी कमिटी सदस्य रामबादुर थापाले एमालेको विधान महाधिवेशनलाई लक्षित गरेर आदेश जारी गरेको बताए । ‘विधान महाधिवेशनबारे हामीले एक महिनाअघिदेखि नै सम्बन्धित निकायलाई जानकारी गराएका थियौं । बिहीबार जारी गरिएको आदेश राजनीतिक रुपमा प्रेरित छ,’ उनले भने ।
स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उनले बताए । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले बिहीबार ‘कोभिड–१९ को संक्रमण कायमै रहेको हुँदा भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने’ आदेश जारी गरेको छ ।




प्रतिक्रिया