पटक–पटक भक्कानिँदै प्रचण्डले भने – आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

पटक–पटक भक्कानिँदै प्रचण्डले भने – आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफू आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका हुन् ।

सम्बोधनका क्रममा पटक पटक भक्कानिँदै प्रचण्डले भारतीय फिल्म भगत सिंहको फिल्ममा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसंग सुनाए ।

केपी ओलीले संसद विघटन गरेको दिन आफू पनि त्यस्तै मोडमा पुगेको भन्दै उनले यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको बताए ।

‘क्रान्तिको ऋण मेरै टाउकोमाथि थियो । आत्मसमर्पण गर्न त सक्दिनँ । मैले या त सकिन, यत्ति नै रहेछ भने सुसाइड गर्नुपर्ने या त लड्नुपर्ने ठाउँमा पुगेको देखें,’ उनले भक्कानिँदै भने, ‘आत्महत्या सबै नराम्रो, गलत चाहिँ हुँदैन है साथी हो । माक्र्सका ज्वाइँ छोरीहरुले सुसाइड गरेको कथा तपाईहरुले पढ्नुभयो होला । तर मैले हिम्मत हारिन । पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएँ । जेल जानुपर्छ भने जाने, मारिनुपर्छ भने पनि तयार हुने संकल्प गरियो । त्यही संकल्पबाट शुरु भयो सडक आन्दोलन ।’