ललितपुर – नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ ।
डिजिटल मिडियासम्बन्धी संभवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा बिज्ञता भएका ब्यक्तिहरुलाई सहभागी हुन आब्ह्वान गरेको छ ।
‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्धेश्य नै डिजिटल मिडियामा विज्ञता भएका ब्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पुर्याउन त्यस्ता ब्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको म्याक्स मिडियाले जनाएको छ ।
म्याक्स मिडिया डिजिटल गुरु एउटा बिशेष चुनौतिको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो, जहाँ सहभागिले प्रतियोगिताको नियममा रही आफ्नो रुचीको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुतगर्न दिइने छ ।
यसबाट नेपालको डिजिटल मिडियाहरुको उत्थानका लागि एउटा नयाँ अध्ययन शुरु हुने म्याकस मिडियाको अपेक्षा छ । यस प्रतियोगितामा विजेताले पाँच लाख सम्म पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगितामा सहभागि हुनका लागि www.digitalguru.maxmedia.com.np मा रजिष्टर गर्न सकिने छ ।




प्रतिक्रिया