काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ ।
त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका हुन् ।
नेता नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको र मौसमी ज्वरो (सिजनल भाइरस फिवर) सम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेता नेपालको कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । आज अपराह्न ३ः३० बजे उनको छातीको सिटी स्वयानिङसमेत गरिएको थियो । सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले उपचार भइरहेको छ ।




प्रतिक्रिया