काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पूर्वमाओवादी नेताहरुले एउटै मञ्चमा सहभागी हुने भएका छन् ।
शुक्रबार जनयुद्धमा गाइएका गीतहरु समेटेर लेखिएको ‘सपनाको प्रतिबिम्ब’ संग्रहको विमोचनका सन्दर्भमा जनयुद्धमा सहभागी भएका नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका हुन् । तनहुँका दिलिपकुमार श्रेष्ठले लेखेको उक्त संग्रहको दिउँसो १ बजे प्रज्ञा प्रतिस्ठानमा विमोचन हुँदैछ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ एउटै मञ्चमा सहभागी हुन लागेका हुन् ।




प्रतिक्रिया