चार जना पूर्वप्रधानन्यायाधीशको मुद्दाको पेसी प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

चार जना पूर्वप्रधानन्यायाधीशको मुद्दाको पेसी प्रधानन्यायाधीशले आफ्नै इजलासमा तोके

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चार जना पूर्वप्रधानन्यायाधीशको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले आफ्नै इजलासमा तोकेका छन् ।

अधिवक्ता लोचन भट्टराईले चार जना पूर्व प्रधानन्यायााधीशहरुविरुद्ध दायर गरेको निवेदन प्रधानन्यायाधीश राणाले आफू र न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी राखेका हुन् ।

पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।