पहिलोपटक नेपाली महिलाद्धारा धौलागिरी हिमालको सफल आरोहण

पहिलोपटक नेपाली महिलाद्धारा धौलागिरी हिमालको सफल आरोहण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धवलागिरि हिमाल पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने संसारको सातौँ, आठ हजार १६७ मिटर अग्लो उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् ।

काठमाण्डुको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन् । पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले आज बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले बताए ।

उनका अनुसार श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी छ । पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।