काठमाण्डु – नेकपा एमाले प्रदेश २ को संसदीय दलको नेतामा सत्यनारायण मण्डललाई चयन भएका छन् । पार्टी विभाजनपछि बसेको पहिलो संसदीय दलको बैठकले मण्डललाई संसदीय दलको नेतामा चयन गरेको हो ।
बैठकले सांसद किशोरी साह ‘कमल’ लाई प्रमुख सचेतकमा चयन गरेको छ । प्रदेश सभा गठन भएको समयमा मण्डल नै एमालेको संसदीय दलको नेता थिए । एमाले र माओवादी मिलेर नेकपा बन्दा पनि मण्डल नै एकीकृत पार्टीको संसदीय दलको नेता थिए ।




प्रतिक्रिया