एजेन्जी – लद्दाख, भारत र चीनको सीमामा फेरि विवाद चर्केको छ । चिनले लद्दाखमा आफ्ना सेना बस्ने ‘सेल्टर’ तयार गरेपछि दुई देशबीचको विवाद चर्केको हो ।
लद्दाखका विभिन्न स्थानमा चीनको सेनाले ‘सेल्टर’ निर्माण गरेपछि दुई देशबीच विवाद फरि बढेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । चीनले केही समयअगाडि लद्दाखको तासिंओंग, मन्जा, हट स्प्रिङ, चुरूपलगायतका स्थानमा सेल्टर बनाउनुका साथै गतिविधि तीब्र पारेको थियो ।
सेल्टरबाहेक चीनले रसियामा बनेका एयर मिसाइल ब्याट्री र अन्य एन्टि–एयरक्राफ्ट प्रणाली जडान गरेको छ । चीनले सिमामा उत्तेजक गतिविधि गरेको भन्दै भारतले बेइजिङको चर्को आलोचना गरेको छ ।
सीमामा चीनको एकपक्षीय र उत्तेजक गतिविधिले लद्दाखको शान्ति र सद्भावमा गम्भिर असर गरेको भारतले आरोप लगाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवत्ता अरिन्दम बाग्चीले चीनले सीमा क्षेत्रमा ठूलो संख्यामा सेना र हतियार परिचालन गरेको भन्दै भारतले पनि त्यसको उपर्युक्त जवाफ दिने चेतावनी दिएका छन् ।




प्रतिक्रिया