एमाले विधान महाधिवेशन : झोलाभित्र के छ ?

एमाले विधान महाधिवेशन : झोलाभित्र के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई प्रवेशद्वार नजिकै झोला वितरण गरिरहेको छ । एमालेले दिएको झोलामा पार्टीको प्रस्तावित सांगठनिक, राजनीतिक र विधान मस्यौदा राखिएको छ ।

कापी नदिएको झोलाभित्र एउटा डटपेन राखिएको छ भने झोलाभित्र स्यानिटाइजर, मास्कजस्ता कोभिड सुरक्षा मापदण्ड सम्बन्धी कुनै पनि सामग्री राखिएको छैन । एमालेले कोरोना संक्रमणलाई मध्यनजर गर्दै मास्क, स्यानिटाइजर र थर्मलगनको प्रयोग गर्ने भने पनि थर्मलगन कतै प्रयोग भएको छैन ।

महाधिवेशन प्रवेशद्वारमा स्याइनिटाइजर र मास्क भने वितरण गरिएको छ । सूर्य चिह्न अंकित कपडाको झोला महाधिवेशन प्रतिनिधिले मात्र पाएका छन् । यति बेला कार्यकर्ताहरू खाना खाइरहेका छन् ।