काठमाण्डु – सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीशहरुलाई अवहेलना मुद्दामा सफाई दिएको छ ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई अवहेलना मुद्दामा सफाई दिने फैसला गरेको हो ।
पहिलो प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक भएको दाबी गर्दै विज्ञप्ति जारी गरेका आधारमा उनीहरुविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।




प्रतिक्रिया