चीनको प्रशंसा गर्दै अध्यक्ष ओलीले भनेः अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्

चीनको प्रशंसा गर्दै अध्यक्ष ओलीले भनेः अमेरिकी हस्तक्षेप स्वीकार्य छैन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अफगानिस्तानका बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताएका छन् ।

शुक्रबार एमालेको विधान महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटे भन्दै त्यसको बाछिटा दक्षिण एसियामा देखिन सक्ने बताए ।

‘अमेरिकी गठबन्धन २० वर्षपछि अफगानिस्तानबाट हटेको छ । यसले जुनसुकै बहानामा गरिने हस्तक्षेप अस्वीकार्य छ भन्ने देखाएको छ’, उनले भने, ‘अफगानिस्ताका बाछिटा दक्षिण एसियमा देखिन सक्छ । तर नेपाल अहस्तक्षेप, असंलग्न नीतिमा विश्वास गर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिले पनि क्षेत्रीय शान्तिलाई असर गर्न सक्ने बताए ।

‘अमेरिकाले सारेको इन्डो प्यासिफिक यसैलाई लक्षित छ । पछिल्लो समय अस्ट्रेलिया, अमेरिका र बेलायतले गरेको सम्झौताले फेरि विश्व राजनीतिमा तनाव सुरु भएको छ’, उनले भने ।

साथै अध्यक्ष ओलीले चीनले छोटो समयमा अभूतपूर्व प्रगति हाँसिल गरेको बताए । उनले चीनले ४० वर्षमै हाँसिल गरेको सफलता प्रेरणादायी रहेको उल्लेख गर्दै चिनियाँ नेतृत्व र चिनियाँ जनता बधाईका पात्र भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले चीन र भारतको निरन्तरको द्वन्द्वका कारण दक्षिण एसियामै असर गरिरहेको बताएका छन् । उनले चीन र भारतबीचको सीमा समस्या र मतभिन्नता हटोस् भन्ने चाहेको पनि बताए ।

‘विवाद व्यवस्थापन गर्दै आए पनि भारत र चीनको तनाव अझै जारी छ । सीमामा देखिएको पटक पटकको तनावले दक्षिण एसियमा नै असर गरेको छ’, ओलीले भने, ‘अर्कातिर भारत र पाकिस्तानबीचको तनाव पनि कायमै छ । यसले यस क्षेत्रको भूराजनीतिमै असर गरिरहेको छ ।’