एमालेविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भए : अध्यक्ष ओली

एमालेविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भए : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएको बताए ।

शुक्रबार ललितपुरमा जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले पार्टीविरुद्ध घेराबन्दी र आक्रमणका नयाँ श्रृङखलाहरु सुरु भएको बताएका हुन् । ‘नेकपा एमालेविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको छ । मुलुकको भविष्य जोखिममा परेको छ । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै समाज निर्माण गर्ने जिम्मा हामीमाथि छ,’ ओलीले भने ।

त्यसैगरी अध्यक्ष ओलीले केही नेता संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिँदै पार्टीबाट बाहिरिए पनि एमाले नेकपाकै निरन्तरता भएको बताए । उनले भने, ‘सीमित व्यक्तिको निहित स्वार्थका कारण (एमालेमाओवादीको) एकता निष्कर्षमा पुगेन ।

सर्वोच्चको फैसलाले नै पूर्ववत् अवस्थामा पुर्याइदिएपछि एमालेका रूपमा क्रियाशील भएका छौं । एमाले एकीकृत पार्टी हो । एमालेबाट केही बाहिरिए । संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिए ।’ १५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । एमालेले ६ हजार बढी प्रतिनिधिलाई सहभागी गराएर विधान महाधिवेशन गर्दैछ ।