एमसीसीमा झुक्याइँदै छ ः भीम रावल

एमसीसीमा झुक्याइँदै छ ः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष भीम रावले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन लागिपर्नु रहस्यमय भएको बताएका छन् ।

शुक्रबार रावलले समाजिक सञ्जाल ट्वीटरमार्फत देशको साधन-स्रोतको सदुपयोग र स्वाधीनता प्रति चासो नराख्नेहरूले नेपालको स्वाधीनता र स्वतन्त्रतामा आघात पार्ने एमसीसी पास गर्न खोजेको आरोप लगाएका हुन् । 

उनले ट्वीटरमा लेखेका छन्, ‘देशको साधन-स्रोतको सदुपयोग र स्वाधीनता प्रति चासो नराख्नेहरू नेपालको स्वाधीनता र स्वतन्त्रतामा आघात पार्ने एमसीसी सम्झौता अनुमोदन गर्न लागिपर्नु रहस्यमय छ । संसद्मा संकल्प प्रस्ताव ल्याई उक्त सम्झौता अनुमोदन गर्ने भन्नु महाकाली सम्झौता गर्दाको संकल्प प्रस्ताव झैं झुक्याउने कुरा हो ।’