काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको बताएका छन् ।
शुक्रबार माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले मन्त्रिमण्डल बिस्तार एक दुईदिनमा हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “ आगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ । ” त्यसैगरी उनले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले) सँग पार्टी एकता गरेको तर एकता नटिकेको समेत बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताए । उनले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन् ।




प्रतिक्रिया