एजेन्सी – ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ । शुक्रवार भएको उक्त घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ । ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको बताएको छ ।
लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ । चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ ।
ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ । १९ वटा चिनियाँ लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको ताइवानको भनाइ बेइजिङस्थित चीन सरकारले यो समाचार तयार पार्दासम्म घटनाबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।




प्रतिक्रिया