शेरबहादुर र रामचन्द्रलगायत असफल नेताको गुणगान नगाउन प्रकाशमानको अपिल

शेरबहादुर र रामचन्द्रलगायत असफल नेताको गुणगान नगाउन प्रकाशमानको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काम गर्न नसक्नेहरूको गुणगान नगाउन कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

काँग्रेस काठमाण्डु महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले विश्राम लिनुपर्ने बताएका हुन् ।

‘१३औँ महाधिवेशन पश्चात् उहाँहरूले अवसर त पाएकै हो नि । तर, क्रियाशील मिलाउन नसकेर समय सकिँदा पनि अधिवेशन गर्न सकेको छैन,’ उनले भने, ‘अनि किन गुणगान गाउने ?’ नेता सिंहले जनतासँग विश्वासको मत लिन जाने हो भने जनताले नेतृत्व परिवर्तन गरेर आऊ भन्ने अवस्था आएको पनि दावी गरेका छन् ।

आफूले २०७४ सालमा काँग्रेस तीन तहको निर्वाचनमा नराम्ररी पराजित भएसँगै आफूले सभापति देउवालाई असफल नेता भएकाले राजीनामा दिन माग गरेको बताए । सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई बाइपास गरेर शक्ति प्रदर्शन गरेको उनले आरोप लगाए ।  

सभापति देउवाले लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप लगाए । ‘पार्टी सभापतिकै जिल्लाको अनशन पार्टी अफिसमा, जिल्ला सभापतिलाई शक्ति देखाएर बाइपास गरेको छ,’ उनले भने, ‘देश लोकतान्त्रिक बनाउने पार्टीलाई लोकतान्त्रिक भन्ने तर आफ्नै पार्टीको लोकतन्त्रलाई बेवास्ता गर्ने?’