जनताले भरोसा गर्ने नेता चाहिएको छ : गगन थापा

जनताले भरोसा गर्ने नेता चाहिएको छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका नेता गगन थापाले  पार्टीभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताएका छन् ।

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले नेपाली कांग्रेसले आगामी निर्वाचन जित्नेगरी काम गर्नुपर्ने बताए ।  

उनले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् ।उनले भने, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद् वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ । नागरिकहरूको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’

काँग्रेस अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । जनभावना अनुसार काम गरे आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने उनको दाबी छ ।