एमाले विधान महाधिवेशन : एमसीसीबारे धारणा सार्वजनिक गर्न माग

एमाले विधान महाधिवेशन : एमसीसीबारे धारणा सार्वजनिक गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको विधान महाधिवेशनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग उठेको छ ।

शुक्रबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको विधान महाधिवेशनका प्रतिनिधिहरुले एमसीसीबारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका हुन् ।

विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल लगायतले एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी पास गर्न जोड दिएका थिए । सरकारमा हुँदा पार्टीभित्र चर्को विवादकाबीच उनले एमसीसी पास गर्न दबाव दिएका थिए । तर प्रतिपक्षमा पुगेपछि एमसीसी के गर्ने हो भनेर सरकारलाई प्रश्न मात्र गर्दै आएका छन् ।

अध्यक्ष ओलीले भने सरकार र सत्तारुढ गठबन्धनले आफ्नो धारणा सार्वजनिक गरेपछि मात्र एमालेको धारणा आउने बताउँदै आएका छन् ।