काठमाण्डु – नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ । सो प्रस्ताव नेताहरूलाई अध्ययनका लागि दिइएको र अब बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि उनले बताए । बैठकमा सरकारमा सहभागी हुने नेताहरूका बारेमा भने छलफल नभएको उनले बताए ।




प्रतिक्रिया