काठमाण्डु – नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।
तीन दिनअघि लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका लेखी गोदावरीमा जारी एमालेको विधान महाधिवेशअन्तर्गत पार्टी प्रवेश कार्यक्रमबाट एमालेमा प्रवेश गर्न लागेका हुन् ।
एमालेबाटै आफ्नो राजनीतिको सुरुवात भएको बताउँदै उनले पुनः एमालेमै जाने बताए । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । लेखीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेर पार्टीमा प्रवेश गराउनेछन् ।




प्रतिक्रिया