काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा दावी गरेका ५ नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाएका छन् । अध्यक्ष प्रचण्डले क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई चयन गरेपछि अन्य ५ जनालाई आजै देखि लागू हुनेगरी केन्द्रीय सदस्य मनोनयन गरेका हुन् ।
आइतबार बिहान खुमलटारमा विद्यार्थीका नेताहरूसँग छलफल गर्दै प्रचण्डले आजकै मितिदेखि लागू हुने गरी विद्यार्थी नेताहरू सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाएका हुन् ।
विद्यार्थी नेताहरूसँग छलफल गर्ने क्रममा प्रचण्डले ‘पार्टीले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा थप गर्ने निर्णय गरेको आधारमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको बताएका थिए । त्यस्तै निर्वतमान अध्यक्ष रन्जित तामाङ पनि माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् ।




प्रतिक्रिया