काठमाण्डु – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ । तीनदेखि सनइराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशन आइतबार आज सकिँदैछ ।
महाधिवेशनमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पेस गरेका थिए ।
सोही प्रतिवेदन÷प्रस्तावमाथि विभिन्न १० समूह बनाएर छलफल गरिएको थियो । दशवटै समूहका तर्फबाट रिपोर्टिङ भइसकेको छ । अब अध्यक्ष, महासचिव र उपमहासचिवले दश वटा समूहबाट उठेका प्रश्नहरुको जवाफ दिनेछन् ।
महाधिवेशन समापनको अन्तिम दिन गोदावरीमा भने देउडाको रौनक छाएको छ । हलभित्र शीर्ष नेताहरुले जवाफ दिने क्रम जारी छ भने बाहिर सुदुरपश्चिमका प्रतिनिधिहरुले देउडा गाएर एमाले एकतामा जोड दिइरहेका छन् ।




प्रतिक्रिया