एकीकृत समाजवादीनिकट अनेरास्ववियूको प्रदेश संयोजक तोकियो

एकीकृत समाजवादीनिकट अनेरास्ववियूको प्रदेश संयोजक तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी ) निकट अनेरास्ववियूले प्रदेश संयोजक तोकेको छ । अनेरास्ववियू स्थायी कमिटीको प्रथम पूर्ण बैकले सात वटै प्रदेशका अनेरास्ववियू प्रदेश संयोजक तोकेको हो ।

प्रदेश न.१ को संयोजकमा राजु थाम्सुहाङलाई तोकेको छ भने प्रदेश २ को संयोजकमा राजकुमार विक, बागमती प्रदेशको संयोजक (उपत्यका) प्रदिप थापा (उपत्यका बाहिर) दिपक बुढाथोकी रहेका छन् ।

यस्तै, गण्डकी प्रदेश संयोजकमा ठाकुर पराजुली, लुम्बिनी प्रदेश संयोजकमा टेकेन्द्र मल्ल र कर्णालीको संयोजकमा भुपेन्द्र शाही र सुदूरपश्चिम प्रदेशको संयोजक रमेश बटलालाई तोकिएको छ ।