अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–४ र ५ बाट अवैध लागूऔषध खैरो हेरोइन ५८ ग्राम, डिजिटल तराजु १ थान र नगद ९० हजार रूपैयाँसहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा हल्दिबारी गाउँपालिका–५ घर भएका ४७ वर्षीय सुरज दाहाल र सिराहा सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भएका २२ वर्षीय कालिन्द्र प्रसाद यादव रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–८ हर्चना बस्ने २९ वर्षीय यादव विक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर ७५० मिलिग्रामसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरी टोलीले यादवको घरतलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।