काठमाण्डु–लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले नियुक्ति गैरकानुनी र प्रक्रियाविपरीत भएको दाबी गर्दै रिट निवेदन दर्ता गराएको हो ।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा दायर गरेको रिटमा डोल्माको नियुक्ति खारेज गर्न माग गरिएको छ ।
नागरिकता विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको भन्दै अभियानले त्यसको वैधानिकतामाथि प्रश्न उठाएको छ ।
अभियानका अनुसार रिटमाथि भोलि ९ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।




प्रतिक्रिया