काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर जानेहरू बिग्रिएकाहरु भएको बताएका छन् ।
आइतबार जारी विधान महाधिवेशनमा अध्यक्ष ओलीले एमाले छाडेर जानेहरूलाई बिग्रिएकाहरुको संज्ञा पनि दिएका हुन् । त्यसैगरी उनले माधवकुमार नेपाल नेपाली कांग्रेसको पुच्छर समातेर वैतरणी तरेको बताए । ‘छोडेर जानेहरू बिग्रिएका हुन्, यहाँ बस्नेहरु सप्रिएका हुन् ।’ उनले भने, हाम्रो सरकार ढाल्न खोज्नेहरू विरोधी हुन् ।’
ओलीले एमाले बिगार्न नसकेपछि माधव नेपाल कांग्रेस र माओवादीको सहारामा पार्टी चोइट्याएर हिँडेको आरोप लगाए । उनले भने, ‘माधव नेपाल कांग्रेसको पुच्छर समातेर वैतरणी तरे । आफ्नै सरकार ढालेर गालामा थप्पड हाने । पार्टी फुटाउन नसकेपछि चोइटिएर गएकाहरू कांग्रेस-माओवादीको पछि लागेर हिँडेका छन् ।’




प्रतिक्रिया