भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छन् ।

उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने ठाँउमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई सितापुरको हरगाँउबाट पक्राउ गरेको हो ।

उनी आज बिहानै ५ बजे पक्राउ परेकी हुन् । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको थियो ।

सोही क्रममा सितापुरको हरगाउँमा फेला पारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उत्तर प्रदेश कांग्रेसले गान्धीलाई प्रहरीले पक्रेर हिरासतमा राखेको जानकारी दिएको छ ।