नरायणगढ – मुग्लिन सडकमा लगातार पहिरो खसेपछि ,यात्रुलाई सास्ती

नरायणगढ – मुग्लिन सडकमा लगातार पहिरो खसेपछि ,यात्रुलाई सास्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणगढ-मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउंको टोपो खोलामा मंलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन-चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए ।

दुई दिनयता पानी परेसंगै सो सडकमा ठाउंठाउंमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।