बुद्ध एयरको विमानमा देखिएको समस्यामा क्याप्टेन शेर्पाको पनि कमजोरी

बुद्ध एयरको विमानमा देखिएको समस्यामा क्याप्टेन शेर्पाको पनि कमजोरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण नै नगरी फर्किएर  काठमाण्डुको आकाशमा करिब आधा घण्टा फन्को मारेको घटनामा क्याप्टेन एजी शेर्पासहितका क्रु मेम्बरको पनि कमजोरी देखिएको छ ।

उक्त घटनाको छानबिन गर्न बुद्ध एयरद्वारा क्याप्टेन अनन्त डंगोलको संयोजकत्वमा गठित  समितिले क्याप्टेन शेर्पाहितका क्रु मेम्बरको पनि कमजोरी  देखाएको हो ।

सो समितिले विमान उड्नुअघि क्रु मेम्बरले जहाजको ‘इन्डिकेटर’को संकेत याद नगरी उडान गर्दा समस्या आएको निष्कर्ष निकालेको छ । ककपिटभित्र देखिएको इन्डिकेटरले समस्या रहेको संकेत देखाए पनि क्याप्टेनसहितका क्रु मेम्बरले वास्ता नगर्दा घटना भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

७३ जना यात्रुसहित ६६ जना बोकेको बुद्ध एयरको विमान ल्यान्डिङ गियरमा समस्या आएपछि काठमाण्डु फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।