काठमाण्डु – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई २ पदक दिलाएकी छिन् ।
नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् ।
बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा भएको प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।
त्यस्तै पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन् । वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ रजत पदक प्राप्त गरेकी थिइन् । शनिबार र आईतबार चलेको प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिंगापुर र भियतनामका करिब ३ हजार खेलाडीको सहभागिता थियो ।


प्रतिक्रिया