काठमाण्डु – ह्वावेले यस बर्ष डिसेम्बरमा आयोजना हुने ‘आईसीटी अवार्ड’ नेपालको सबैभन्दा ठूलो टेक्नोलोजी अवार्डको लागि एसोसिएट प्रायोजकको रुपमा समर्थन जारी राखेको छ ।
अक्टोबर २ मा सिडेन्शियल बिजनेस स्कूल थापागाँउमा आयोजना गरिएको स्टार्टअप एण्ड इनोभेसन फेस्ट २०२१ मा ह्वावे उपस्थित भसमेत एको थियो । सो कार्यक्रममा फेस्टमा उत्पादन, स्टार्टअप र राइजिंग स्टार इनोभेसन विधाको फाइनलिस्टहरुले आफ्नो उत्पादन र इनोभेटिभ विचारहरुको प्रदर्शन गरेका थिए ।
नेपालका लागि ह्वावे क्लाउडका प्रमुख इवान मोलेले नेपालमा आईसीटी उद्योगले स्टार्टअप कल्चर र डिजिटल नेटिभ व्यवसायहरुको बृद्धिले खुशी तुल्याएको बताए । ‘आईसीटी उद्योगमा ३ दशक भन्दा बढीको अनुभवसंगै हामी विश्वास गर्दर्छौं कि ह्वावे अब सबै भन्दा राम्रो नेपाली क्लाउड सेवा हो । जसले सबै आकारका नेपाली स्टार्टअपलाई समर्थन गर्न सक्षम छ,’ उनले भने ।
ह्वावे क्लाउड एक छिटो बढ्दो सार्वजनिक क्लाउड सेवा प्रदायक हो । गार्टनर रिपोर्ट मार्केट शेयरका अनुसारः आईटी सर्भिसेस, वल्र्डवाइड २०२०, ह्वावेको २०२० क्ष्बबक् मार्केट शेयर चीनमा नम्बर २ र ग्लोबल मार्केटमा नम्बर ५ मा रहेको छ । ह्वावे क्लाउड एक मात्र अन्तर्राष्ट्रिय क्लाउड सेवा प्रदायक पनि हो जसको नेपाली बजारमा स्थानीय उपस्थिति र स्थानीय समर्थन छ ।
आईसीटी अवार्डका अध्यक्ष राजन लम्सालले कार्यक्रममा ह्वावेको सहयोगको प्रशंसा गरे । ‘आइसिटी अवार्ड र स्टार्टअप फेस्टमा ह्वावेको सहकार्यले नेपाली स्टार्टअप, इन्नोभेसन र ट्यालेन्ट्सलाई प्रवर्धन गर्न ठुलो सहयोग पुगेको छ । डिजिटल नेपालको अभियानमा ह्वावेको सकृयता र लगानीले नेपालको डिजिटल इकोसिस्टमको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ,’ उनले भने । ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई बढावा दिन यस्ता कार्यक्रमहरुलाई समर्थन गर्न जारी राख्ने बताएको छ ।




प्रतिक्रिया