विमानस्थलमै फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

विमानस्थलमै फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको छ ।

नाइननानफे कल साइन भएको क्यू ४००–८ जहाज काठमाण्डुबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको र त्यसलाई निकाल्ने प्रयास भइरहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार उक्त जहाजका यात्रुलाई अर्को जहाजमा पठाइने छ । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।