लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी

लुम्बिनीमा प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमाफृत नयाँ बजेट ल्याउने तयारी गरेको छ । बुधबार बस्ने प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट पेश गर्ने तयारी गरेका हुन् ।

यसअघि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, सरकार अल्पमतमा परेकाले प्रदेश सभाबाट पारित गर्न नसकेपछि अध्यादेशबाट बजेट ल्याएको थियो ।

यसअघिको बजेटमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । बजेटको धेरै हिस्सा स्वास्थ्य, कृषि र पर्यटनमा केन्द्रित थियो । यसअघि अध्यादेशमार्फत ल्याइएको बजेटलाई संशोधन गरेर केही नयाँ कार्यक्रम थप गरी नयाँ बजेट ल्याउन लागिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री खड्काले बताए ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले भने बैठक अवरुद्ध गर्ने बताउँदै आएको छ । एमालेले स्वतन्त्र सांसद अजय शाही र गत बैशाख १९ गते माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई आफ्ना सांसद दाबी गर्दै उनीहरुलाई पदमुक्त गर्नुपर्ने मागसहित प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएको छ । अदालतमा विचाराधीन मुद्दामा प्रदेश सभामा कुरा उठाउन नपाइने भएपनि एमालेले कानून विपरीत गैरसंसदीय काम गरेको सत्ता पक्षको भनाइ छ ।