काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार बिदाइ भेट गरेका छन् ।
राष्ट्रपति कार्यालयमा मंगलबार भएको भेटमा नेपाल र भारतबिच रहिआएको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा भारतीय राजदूत श्रीवास्तवलाई बधाईसमेत दिएका छन् ।




प्रतिक्रिया