तालिवानले १३ सर्वसाधारणको हत्या गरे : एम्नेस्टी

तालिवानले १३ सर्वसाधारणको हत्या गरे : एम्नेस्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको हत्या गरेको अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि रहेको जनाइएको छ ।

३० अगस्टमा करिब ३०० तालिवान लडाकु खिद्र जिल्ला प्रवेश गरी अफगान नेसनल सेक्युरिटी फोर्स (एएनएसएफ) का पूर्व सदस्यको हत्या गरेका थिए । मारिएकामध्ये नौ जनाको शव नदीमा फालिएको थियो । आत्मसमर्पणपछि उनीहरुको हत्या भएको अधिकारवादी समूहले जनाएको छ ।

तालिवानले अफगान सेनालाई आक्रमण गर्ने क्रममा सर्वसाधरणको पनि हत्या गरेको हो । मारिनेमध्ये अधिकांश २४ देखि ४६ वर्षका छन् । सन् १९९६ देखि २००१ मा सत्तामा हुँदा तालिवानले हजरा समुदायका निर्दोष व्यक्तिको हत्या गरेको थियो ।